असार २६, २०८२ बिहिबार July 10, 2025

काभा पुरुष क्लब भलिबल : हेल्प नेपाल र भारतको क्यालिकट हिरोजले प्रतिस्पर्धा गर्ने

हेल्प नेपाल र क्यालिकट हिरोजबीचको फाइनल भिडन्तले च्याम्पियनसिपको विजेता निर्धारण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई र क्यालिकट हिरोजले इरानको यु-१८ टोलीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। यी दुई टोलीबीच शनिबार नै उपाधिका लागि भिडन्त हुनेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित हात पारेको थियो।

क्यालिकटले पहिलो सेट २५–२१ ले गुमाए पनि दोस्रो सेटमा २५–२२, तेस्रो सेटमा २५–२०, र चौथो सेटमा २६–२४ को रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गर्‍यो।

दोस्रो सेमिफाइनल खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। पहिलो दुई सेट २५–१६ र २५–१८ को सहज जितपछि तेस्रो सेटमा केही चुनौती सामना गर्नुपरे पनि हेल्प नेपालले २५–२१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्‍यो।

पाँच टोली सहभागी च्याम्पियनसिपमा इरानी टोलीले शतप्रतिशत जितसहित १० अंक जोड्दै सेमिफाइनलमा स्थान बनाएको थियो। समान चार खेलबाट हेल्प नेपालले ८ अंक र क्यालिकटले ७ अंक जोडेका थिए।

शीर्ष स्थानको इरानी टोलीले तेस्रो स्थानको क्यालिकटसँग र दोस्रो स्थानको नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग सेमिफाइनल खेलेका थिए।

च्याम्पियनसिपमा नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए। क्लब एचडिसीले चार खेलबाट ३ अंक जोड्दा गण्डकी दुई अंकसहित पुछारमा रह्यो।

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस प्रतियोगितामा सहभागीता जनाएका थिए। सिंगल राउन्ड रोबिन लिगको आधारमा उत्कृष्ट चार टोली सेमिफाइनलमा पुगेका थिए।

अब, हेल्प नेपाल र क्यालिकट हिरोजबीचको फाइनल भिडन्तले च्याम्पियनसिपको विजेता निर्धारण गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार