असार २८, २०८२ शनिबार July 12, 2025

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ्, ३० मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर आज एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर एक हजार ८४० रुपैयाँमा कायम भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया