असार २६, २०८२ बिहिबार July 10, 2025

यू-१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

पाकिस्तानलाई ६ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।

यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन् । त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् ।

यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए । नेपालले अब भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार