असार २४, २०८२ मंगलबार July 8, 2025

सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भयो : सभामुख घिमिरे

संसद् र समितिलाई प्रभावकारी बनाउन सबै सांसदले भूमिका निर्वाह गर्न जरुरी रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरहेका हुन् ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको सोमबार काठमाडौंमा विमोजचन गर्दै सभामुख घिमिरेले कानुन निर्माणमा सांसदहरूले सहभागितालाई लिएर असन्तुष्टि जनाएका हुन् । सांसद निजी काम र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको सभामुखको भनाइ थियो । सांसद संसद्प्रति उत्तरदायी नभएको टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै उनले संसद् र समितिलाई प्रभावकारी बनाउन सबै सांसदले भूमिका निर्वाह गर्न जरुरी रहेको बताए ।

‘संसदीय अभ्यासमा विधेयकबाट कानुन बनाउने सवालमा संसदीय समिति हुन्छन् । ती समिति अहिले पनि कार्यरत छन् । अहिले हाम्रो समितिमा पर्याप्त विधेयकह छैनन् तथापि १५/२० वटा विधेयक समितिको छलफलको क्रममा छन् । ती विधेयक‍माथि छलफल नै अगाडि बढेन । समितिको कोरम नै पुगेन,’ सभामुख घिमिरेले भने, ‘सांसद संसद्प्रति उत्तरदायी भएनन् भनेर बाहिर टिकाटिप्पणी भइरहेका छन् । सिंगो संसद र सभामुखको नाताले प्रतिनिधिसभाका यी समितिप्रति मेरो ध्यान गएको छ ।

सभामुख घिमिरेले समितिहरूलाई नियमित ढंगबाट सञ्चालन गर्नका लागि पटकपटक भन्दै आएको पनि बताए । ‘समितिहरूलाई नियमित ढंगबाट सञ्चालन गर्ने र त्यसलाई प्रणालीभित्र लैजाने विषयमा मैले दलीय रुपमा र समिति सभापतिसँग बसेर छलफल गरेको छु,’ उनले भने, ‘संघीयतामा चारैतिरबाट प्रश्न उठेका बेला संघीयतालाई आवश्यक पर्ने विधेयक ल्याउन छलफल गरिरहेको छु । त्यसमा पनि विद्यालय शिक्षा विधेयक, शिक्षा समितिमा छलफलमा छ, त्यसलाई भइरहेका समस्या के हुन्, मैले बारम्बार निर्देशित गर्ने काम गरेको छु । त्यसैगरी निजामति सेवा विधेयकलाई सम्पन्न गर्नको लागि सम्बन्धित समितिलाई भनिरहेको छु ।’

सांसदहरूलाई पहिलो प्राथमिकतामा कानुन निर्माणको विषय राख्न भन्दै आएको पनि सभामुख घिमिरेले बताए ।

सभामुख घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेको पनि बताए । उनले संसदीय गतिविधिलाई जनतामाँझ पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरेका थिए । संसद्मा सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकेकिएको र कार्यविधि पनि तयार पारिएको उनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार