श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न

वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारीसहित ७५ सदस्य केन्द्रीय समिति चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा आइतबार सम्पन्न सम्मेलनले वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारीसहित ७५ सदस्य केन्द्रीय समिति चयन गरेको छ ।

उपाध्यक्षमा रुपा बुढा मगर, डीबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवमा डीबी शाही, रमेश सुनार, गोविन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।

सम्मेलनले शिक्षा र स्वास्थ्यमा व्यापार गरेर जनता लुटिरहेका माफियाका विरुद्ध निर्णायक संघर्ष गर्ने उद्घोष गरेको छ । सम्मेलनको बन्दसत्रमा निवर्तमान अध्यक्ष मिलन राईले ‘निर्णायक संघर्षमा अघि बढौँ’ शीर्षकको दस्तावेज पेस गरेका थिए । हलबाट उक्त दस्तावेज एकमतले पारित भयो ।

संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला कञ्चन रहेका थिए । त्यस्तै अन्य नेताहरुमा संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेका थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया