असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोलीसँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (बुधबार) देखि प्लेअफ चरणका खेलहरू हुँदैछन् ।

आज लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेलमा हार्ने टिम बाहिरिने छ ।

एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोलीसँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडे पनि नेटरनरेटमा चितवन कर्णालीभन्दा अघि रहँदै तेस्रो भएको थियो । बुधबारै पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्।

एनपिएलमा आज दुई खेल हुँदै, फाइनल पुग्ने एउटा टीमको टुङ्गो लाग्नेयो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम शीर्ष स्थानमा रहेर र जनकपुर दोस्रो स्थानमा रहेर प्लेअफ पुगेको थियो । आजको क्वालिफायर जित्ने टिम सिधै फाइनल पुग्नेछ भने हार्ने टिमले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार