असार २४, २०८२ मंगलबार July 8, 2025

संघीय संसदका ४ वटा समितिको बैठक बस्दै

सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। संघीय संसदका चारवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ।

जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिइडीएडब्लुको आधारभूत सिफारिस नं ३९ सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ। जसअनुसार सो बैठक बिहान ११ः ०० बजे बस्नेछ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कायान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने जनाइएको छ। जसका लागि ११ः३० बजे बैठक बोलाइएको छ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ। दुबै समितिको बैठक क्रमशः १ः०० र ११ः३० मा बोलाइएको संसद सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार