असार २४, २०८२ मंगलबार July 8, 2025

संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माणमा सक्रियतापूर्वक लागेको छु : सभामुख घिमिरे

सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् ।

बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्ख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै सङ्घीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे ।

उनले तीन तहकै सरकारहरूबिचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए । उनले सङ्घीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरू अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको बताए। उनले सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताए ।

सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे । कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबिच समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार