कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु

बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लुम्बिनी, ५ पुसः लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले अभियान शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार अभियानको उद्घाटन गर्नुभयो ।

प्रदेश सरकारको चालु आर्थिक बर्ष २०८१÷८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रअन्तर्गत ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।

अभियानको शुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुआत बर्दियाबाट गरिएको बताउनुभयो । “बर्दिया जिल्लाको ऐतिहासिकस्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्यस्थल हो”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेश बासीलाई एक पटक बर्दिया पुग्ने गरी, भ्रमण गर्ने गरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।”

प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गर्नुभयो ।

बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिङ्गो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानका लागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो । समस्याको वर्गीकरण गरेर तीन तहका सरकारले साझारुपमा सम्वोधन गर्ने गरी पहल सुरु भएको भनाइ उहाँको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जङ्गली हात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गे विभिन्न प्रकारका चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार