असार २४, २०८२ मंगलबार July 8, 2025

हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल

प्रांगारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा ब्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् ।

रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि अध्यक्ष दाहालले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, ‘मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको श्रम हो, नेपालमा पर्याप्त स्रोतसाधन र जनशक्ति छ, यो मूल्यवान् जनशक्ति श्रमका लागि विदेश गइरहेको अवस्था छ, उनीहरूलाई कसरी स्वदेशमै रोक्ने भन्ने अहिलेको चुनौती हो । यसमा सोच्नुपर्छ ।’

ठूलो संख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथँलो बाँझिँदै गएपछि अत्यावश्यक खाद्यन्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै दाहालले प्रांगारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा राखेका थिए ।

रैथाने एग्री प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले नेपाली खाद्यान्नको विविधता जोगाउन तथा दैनिक उपभोग्यवस्तुमा आत्मनिर्भर हुने प्रेरणा प्रदान गर्न दरबारमार्गमा शनिबारे हाटबजार सञ्चालन गर्दै आएको बताए ।

हाटबजारमा आउने खाद्यन्नलगायत उपभोग्यवस्तु विषादीरहित, स्वच्छ वातावरणमा उत्पादन भएकाले मानव शरीरका लागि स्वास्थ्यकर रहेको उनको भनाइ छ । उक्त संस्थाले विसं २०८० साउन १ गतेदेखि प्रत्येक शनिबार बिहान ७ देखि १२ बजेसम्म हाटबजार सञ्चालन गर्दैआएको छ ।

हाटबजारमा मार्सी धानको चामल, मकै, चिनो, कागुनो, भटमास, कोदो, जौ, जुनेलो, लट्टे, फापर, किबी, कुभिण्डो, सिस्नो, फर्सी, चिया, मह, दूग्धजन्य पदार्थ तथा टोपी र गलबन्दीजस्ता ५० भन्दा बढी जिल्लाका रैथाने उत्पादन बिक्रीका लागि ल्याइने गरेका छन् ।

हाटबजारमा दैनिक करिब सात सय जना उपभोक्ताले अवलोकन गरी आवश्यक सामाग्री खरिद गर्ने तथा उपभोक्ता र उत्पादनकर्ताबीच अनुभव साटासाट गर्ने कार्यसमेत हुँदै आएको अध्यक्ष ढकालले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार