असार २४, २०८२ मंगलबार July 8, 2025

विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे

लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकतामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय समाचार समिति (रासस) काभ्रेपलाञ्चोक, ७ पुसः सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भन्नुभयो, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उहाँले विधेयक समितिका लागि संसद् सचिवालयले गर्नुपर्ने आवश्यक प्रक्रिया गर्दै आए पनि प्रभावकारिता नदेखिएको गुनासो गर्नुभयो ।

सभामुख घिमिरेले हालको व्यवस्थाअनुसार तीन पटक विधेयक समितिको बैठक बोलाउँदा कोरम नपुगेपछि फेरि बोलाउँदा दुई वटासम्म पनि कोरम नपुगे तेस्रो बैठक एक तिहाईको उपस्थितिमा बैठक गराउन आफूले ध्यानाकृष्ट गराएको उल्लेख गर्नुभयो । “व्यवस्थाअनुसारको बैठक बसाल्नेतर्फ सबैले प्रयत्न गरौँ, समस्या समाधान हुँदै जानेछ”, उहाँले भन्नुभयो । विधेयक समिति प्रभावकारी रुपमा चलायमान गराउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क थियो ।

सभामुख घिमिरेले सदन सञ्चालनका समयमा दिनको अन्तिम समयमा अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउने गरेकोसमेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्सँग समन्वय नगरी अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउँदा समस्या सिर्जना भएका छन्, यसमा पनि सबैको ध्यान जानु आवश्यक देखिन्छ ।” संसद्लाई गतिशील र प्रभावकारी बनाउन सबै दल र समितिको उत्तिकै दायित्व रहेको उहाँको धारणा थियो ।

सभामुख घिमिरेले आफूलाई दिएको अधिकार प्रयोग गर्नेतर्फ पनि निकै कठिनाइ भएको दुःखेसो पोख्नुभयो । “सभामुखले निर्णय गरे पनि निर्णय कार्यान्वयन हुने वातावरण तयार हुनुप¥यो, यसको निकै अभाव छ”, उहाँले भन्नुभयो । दलीय आधारमा सल्लाह गर्ने, सुझाव लिने, त्यस अनुसार सांसदलाई तयारी गर्ने, क्यालेन्डर तय गरी सोहीअनुसार कार्य सम्पन्न गर्नेतर्फ सरकार र संसदले त्यत्तिकै जिम्मेवार बोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसअवसरमा उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो सङ्घीय संसद् प्रभावकारी ढङ्गले सञ्चालन गरी सम्पन्न गर्नुपर्ने दायित्व छ, यसका लागि सरकार, राजनीतिक दल, सांसद तथा संसद् सचिवालयले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका खेल्नुपर्छ, यसका लागि हामी अपेक्षाकृत छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार