कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिवेणी (नवलपरासी), ८ पुस : नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।

जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम सुरु गरेको हो ।

सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद रु २० हजार राशिको पुरस्कार वितरण गरिने छ । दोस्रोलाई रु १५ हजार, तेस्रो हुनेलाई रु १० हजार र चौथो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसमेत प्रदान गरिने छ । क्षेत्रफलको आधारमा नभई उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगण्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भए पनि घटाउने उद्देश्यले प्याज प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको हो ।

प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ । नर्सरीमा नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजका बिरुवा हुर्किरहेका छन् । प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने वरिष्ठ कृषि अधिकृत सिंहले बताउनुभयो ।

कार्यालयले किसानको आवश्यकताअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने तथा बीउ निःशुल्क उपलब्ध गराइएको जनाएको छ । साथै कार्यालयले प्याजखेती प्रवर्द्धन कार्यक्रमका लागि रु १७ लाख बजेट विनियोजन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार