असार २८, २०८२ शनिबार July 12, 2025

सुन चाँदीको भाउ आज सामान्य बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ७९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ७९० रुपैयाँमा किनबेच भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया