असार २४, २०८२ मंगलबार July 8, 2025

रवि लामिछानेको सांसद पद निलम्बित (सुचनासहित)

मुद्दा दर्ता भएको औपचारिक जानकारी आए लगत्तै सभामुख घिमिरेले गरे लामिछानेलाई सांसद पदबाट निलम्बन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले सोमबार निलम्बन गरेका हुन् ।

विभिन्न सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता भएपछि उनलाई सांसद पदबाट समेत निलम्बन गरिएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी प्रहरीले सङ्घीय संसद् सचिवालयलाई गराएको थियो । मुद्दा दर्ता भएको औपचारिक जानकारी आए लगत्तै सभामुख घिमिरेले सोमबार लामिछानेलाई सांसद पदबाट निलम्बन गरेका हुन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया