असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छ : उपसभामुख रानामगर

संसद् र लोकतन्त्रलाई बलियो बनाउन सबैले जिम्मेवार बन्नुपर्ने र प्रतिबद्धता गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, ८ पुस : प्रतिनिधिसभाकी उपसभामुख माननीय इन्दिरा रानामगरले देशको साझा हितमा संसदीय रिपोर्टिङ गर्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको नगरकोटमा आयोजित संसद्–सञ्चार अन्तरसंवाद कार्यक्रममा उपसभामुख रानामगरले संसदीय प्रक्रियाको रिपोर्टिङ व्यक्तिको इन्ट्रेसको आधार नगरी जनताको हित र राष्ट्रको हितमा गर्नुपर्ने बताउनुभयो । संसद् र लोकतन्त्रलाई बलियो बनाउन सबैले जिम्मेवार बन्नुपर्ने र प्रतिबद्धता गर्नुपर्ने उहाँले बताउनुभयो ।

संसदीय रिपोर्टिङ गर्दा संसदीय अभ्यास र प्रक्रियाको विषयमा पत्रकारहरूले जिम्मेवार र इमानदारी भएर रिपोर्टिङ गर्नुपर्छ । कहिलेकाही पत्रकारहरूले गलत रिपोर्टिङ गर्दा सोझा सिधा सांसद र जनता अन्यमा पर्ने गरेको उपसभामुख रानामगरले बताउनुभयो ।

संसद्को इतिहासलाई सङ्ग्रह गर्न र सचिवालयलाई व्यवस्थित बनाउन आधुनिक पुस्ताकालय र सूचना केन्द्र बनाउनुपर्ने उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत संसद् सहयोग कार्यक्रमका प्रमुख यामबहादुर किसानले संसदीय प्रक्रियालाई बलियो मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे र पत्रकार जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संसदीय रिपोर्टिङ गर्ने पत्रकारको सहभागिता रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार