श्रावण १, २०८२ बिहिबार July 17, 2025

भीम रावल एमाले पार्टी सदस्यबाटै निश्कासित : बिन्दा पाण्डे र उषाकिरण तिम्सिना निलम्बित

केन्द्रीय समितिको बैठक पुस २१ र २२ गते काठमाडौँ, केन्द्रीय कार्यालयमा गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १० गते । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ ।

बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले नेता रावललाई पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको बताउनुभएको हो ।

त्यसैगरी, पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा सार्वजनिकरुपमा टिप्पणी गर्नुभएका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र नेता उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकपछि नेता ज्ञवालीले भन्नुभयो, “उहाँ (भीम रावल) केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि पार्टीको विधान अनुसार सल्लाहकारमा रहनुभयो। त्यो जिम्मेवारी पनि पुरा गर्नुभएन। अभिव्यक्ति चाहिँ पार्टीलाई बलियो बनाउने भन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने भने निर्णय गरिएको छ।”

यस विषयमा पाण्डे र तिमल्सिनालाई स्पष्टीकरण सोधिएको भए पनि सार्वजनिकरुपमा बोलेको विषयमा रियलाइजेसन नगरेको निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठकपछि उपमहासचिव ज्ञवालीले बैठकले पुस २१ र २२ गते बस्ने बैठकका लागि एजेण्डा तय भएको जानकारी दिनुभयो।

उहाँका अनुसार केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव सम्बन्धमा छलफल गर्ने एजेण्डा तय भएको छ।

उहाँले भन्नुभयो, “बैठक पुस २१ र २२ गते काठमाडौँ, केन्द्रीय कार्यालयमा गर्ने निर्णय भएको छ। त्यो बैठकका लागि राजनीतिक परिवर्तन, सङ्गठनात्मक कामको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरोले बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तयार गरेका छौं। सोही एजेण्डामा केन्द्रीत रहेर यो बैठक सम्पन्न हुनेछ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार