काठमाडौं । नेपाल टेलिकमले आउँदो शनिबार (पुस १३ गते) नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ एक रुपैयाँमै देखाउने भएको छ । कम्पनीले आफ्नो आईपीटिभी सेवा एनटीटिभी (NTTV) मा एक रुपैयाँमा यो चलचित्र देखाउन लागेको हो ।
यसका लागि ग्राहकले एनटीटीभीको मुभी सेक्सनबाट चलचित्र खरिद गर्नुपर्ने हुन्छ । एनटीटीभीमा ‘प्रेमगीत ३’ हेर्न ग्राहकले २४ घण्टाको अवधि पाउनेछन् । चलचित्र हेर्न नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाटै पैसा काटिने छ ।
एनटीटिभीबाट ‘प्रेमगीत ३’ चलचित्र हेर्न तलको प्रक्रिया अपनाउनुहोस्:
एनटीटीभीको ‘मुभी सेक्सन’मा जानुहोस् ।
‘वान डे मुभी रुपिज वन’मा क्लिक गर्नुहोस् ।
‘बाई अप्सन’मा क्लिक गर्नुहोस् ।
नेपाल टेलिकमको आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।
एक रुपैयाँ बुझाउनुहोस् (जुन नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ) ।
मोबाइल नम्बरमा वन टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्नुहुनेछ, प्राप्त ओटीपी राखेर प्रमाणीकरण गर्नुहोस् ।
एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले एनटीटिभी सेवा सञ्चालन गरिरहेको छ ।टेकपानाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया