श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने

माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ । आज बिहान भर्चुअल रुपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो ।

त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।  त्यसपछि माघ १५ गते स्थापना दिवसकै दिन केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशनले  तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । यसअघि २०७८ सालको मंसिरमा चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा जुगल अध्यक्ष चुनिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया