असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपति पौडेलद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त

भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेक छन्।

पूर्वप्रधानमन्त्री सिंहको बिहीबार उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै उनी भारतका दूरदर्शी नेता रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया