श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माधव नेपालद्वारा भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनप्रति दुःख व्यक्त

सिंहको निधनले भारतका लागि मात्र नभई सम्पूर्ण विश्व समुदायको लागि ठूलो क्षति पुगेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शोक सन्देश जारी गर्दै भारतको आर्थिक विकासका परिकल्पनाकार एवं अर्थशास्त्री डा सिंहको निधनबाट नेपालले असल मित्र गुमाएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका भेटवार्ताको स्मरण गर्दै उहाँको निधनले भारतका लागि मात्र नभई सम्पूर्ण विश्व समुदायको लागि ठूलो क्षति पुगेको उल्लेख गर्नुभयो ।

सिंहको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै उहाँले आफू र आफ्नो पार्टीका तर्फबाट सिंह परिवार, भारतका प्रधानमन्त्री, भारत सरकार र भारतीय जनतामा समवेदना प्रकट गर्नुभयो । सिंहको ९२ वर्षको उमेरमा निधन गएराति निधन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार