श्रावण ३, २०८२ शनिबार July 19, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन बैशाख अन्तिम साता

मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा जाडो समय सकिएपछि भेला गरेर नयाँ समिति बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २०८२ बैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो । बैठकले ६० जिल्लामा भेला गरेर तदर्थ समिति गठन गरेको छ ।

पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको जनाएको छ । हिमाली जिल्ला मध्ये ५ स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले जानकारी गराए ।

मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा जाडो समय सकिएपछि भेला गरेर नयाँ समिति बन्ने बरालले जानकारी गराए । करिब चार सय वडामा भेला सकिएको निर्वाचन रास्वपाले जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया