काठमाण्डौः नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। त्यसैगरी आज कुवेती दिनारको मूल्य पनि उच्च नै छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ।
अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया