असार २८, २०८२ शनिबार July 12, 2025

सीबीआईएलमा डिम्याट र मेरो शेयर खोल्दा आजीवन निःशुल्क नवीकरण

सुविधा लिने ग्राहकले सीबीआईएल सेक्युरिटिजमा अनिवार्य रुपमा ब्रोकर खाता (टीएमएस) पनि खोल्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सतप्रतिशत लगानी रहेको सीबीआईएल सेक्युरिटिजले अंग्रेजी नयाँ वर्ष २०२५ को उपलब्ध ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।

कम्पनीले २०२५ को जनवरी महिनाभरि डिम्याट तथा मेरो शेयर खोल्दा ग्राहकलाई आजीवन समयका लागि नवीकरण निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो। यो सुविधा लिने ग्राहकले सीबीआईएल सेक्युरिटिजमा अनिवार्य रुपमा ब्रोकर खाता (टीएमएस) पनि खोल्नुपर्नेछ।

नेपालको धितोपत्र बजारमा आमसर्वसाधारण नेपालीलाई सहभागी गराउन र लगानीको वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक ग्राहकलाई आजीवन समयका लागि नवीकरण निःशुल्क गरिएको कम्पनीले जनाएको छ।

यो अफरले आमसर्वसाधारण लगानीकर्ता लाभान्वित हुनुका साथै समग्र धितोपत्र बजारमा सकारात्मक सन्देश जाने कम्पनीको अपेक्षा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया