काठमाण्डौंः नेकपा (मसाल) निकट युवक संगठन अखिल नेपाल युवक संघको अध्यक्षमा गणेश अधिकारी चयन भएका छन्।
आइतबार बुटवलमा सम्पन्न संघको राष्ट्रिय भेलाले अधिकारीको अध्यक्षतामा नयाँ नृतृत्व चयन गरेको हो।
दुई उपाध्यक्षमा कुलराज खनाल र चोपबहादुर विक, महासचिव विष्णु पुन, सचिव वीरेन्द्र थापा र ठाकुर पन्थी तथा कोषाध्यक्ष कमल पौडेल निर्वाचित भएका छन्।
भेलाको उद्घाटन शनिबार नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गरेका थिए।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, महासचिव मनोज भट्ट, नेता आनन्द शर्मा, महिला नेत्री मिना पुनलगायतले सम्बोधन गरेका थिए।
भेलामा निवर्तमान अध्यक्ष कृष्ण पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी पास भएको अध्यक्ष अधिकारीले जानकारी दिए।
भेलाले आगामी चैत २४ देखि हुन लागेको राजधानी केन्द्रित संघीयताविरोधी आन्दोलनलाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको अधिकारीले बताए।
राष्ट्रिय जनमोर्चाले चैत २४ देखि काठमाडौंमा संघीयताविरुद्ध एक हप्ते आन्दोलन गर्दैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया