श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमाले र माओवादीद्वारा कार्यपालिका बैठक बहिष्कार

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले धम्क्याउने तथा मनोमानी गर्ने गरेकाले बैठक बहिष्कार गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, पुस १५ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाको कार्यपालिका बैठक नेकपा (एमाले) र माओवादी केन्द्रले बहिष्कार गरेका छन् ।

आइतबारका लागि बोलाइएको बैठक एमाले र माओवादी केन्द्रले बहिष्कार गरेका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । उहाँले कार्यपालिका बैठकमा कांग्रेसका नेता तथा गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले धम्क्याउने तथा मनोमानी गर्ने गरेकाले बैठक बहिष्कार गरेको दाबी गर्नुभयो । अध्यक्ष थापा नसुध्रिएसम्म बैठक बहिष्कार गर्ने गरी आफूले योजना बनाएको दर्लामीको दाबी छ । खड्गकोटको स्वास्थ्य संस्था सार्नेदेखि लिएर अन्य विषयमा समेत उहाँले एकलौटी गर्ने गरेकाले आफूहरू कार्यपालिका बैठक बहिष्कार गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्था सार्ने विषयमा तलको कार्यालयबाट पनि सेवा दिने सहमतिविपरीत उहाँ लागेको र अन्य विषयमा पनि मनोमानी गरेकाले बहिष्कार गर्न बाध्य भएको एमालेको दलको नेता तथा वडा नम्बर ७ का  वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो । यसका साथै शिक्षक नियुक्ति गर्ने विषयमा पनि आवश्यकताका आधारमा नभई आफू अनुकूल गर्ने गरेकाले आफूहरू बाध्य भएको उहाँको भनाइ छ । कार्यपालिका बैठकमा आफू अनुकूल नभए अपमान गर्ने गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले आइतबारका लागि तय गरिएको बैठक बस्न नसकेको बताउनुभयो । उहाँहरूबिच आपसमा केही छलफल गर्नुपर्ने विषय रहेकाले छलफल र संवादका माध्यमबाटै समस्या समाधान हुने उहाँले बताउनुभयो ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सबै विषय छलफलका माध्यमबाटै हुँदै आएकाले उहाँहरूले लगाएको आरोपमा सत्यता नभएको बताउनुभयो । उहाँहरूलाई चित्त नबुझेका कुराहरू कार्यपालिकाको बैठकमा आएर राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँहरू आउनुहुन्छ भन्दै कार्यालयमा बसिरहेको र नआएपछि बैठक नै अन्योल भएको उहाँको भनाइ छ । कार्यपालिका बैठकमा एमाले र माओवादीका उपाध्यक्षसहित १० जना सदस्य छन् भने कांग्रेसका अध्यक्ष र जनमोर्चासहित पाँच सदस्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार