श्रावण १, २०८२ बिहिबार July 17, 2025

जनमतलाइ धक्का : पालिका अध्यक्ष ठाकुर पार्टी परित्याग गरी आजपामा प्रवेश

आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले ठाकुरलाई पार्टीमा प्रवेश गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर । जनमत पार्टी धनुषा जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष किशोरीप्रसाद ठाकुरले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले ठाकुरलाई पार्टीमा प्रवेश गराएका हुन् । आजपा धनुषा जिल्लाको बैठक भईरहेको बेला ठाकुर जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् ।

आजपा धनुषाका अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा बसेको बैठकले पार्टीको दोस्रो स्थापना दिवस भव्यरुपमा मनाउँने निर्णय समेत गरेको छ । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित पार्टीको दोस्रो स्थापना दिवस भव्यरुपमा मनाउँने निर्णय भएको आजपा वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साहले जनाएका छन् ।

यसैगरी बैठकले पार्टीको संगठन निर्माण, पार्टीद्धारा जारी बिभिन्न आन्दोलनका कार्यक्रम जिल्लामा समेत भव्यरुपमा गर्ने निर्णय गरेको छ । भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी लगायतका बिरुद्धमा आजपाले आन्दोलन गर्दै आएको छ ।

यस्तै आजपाले मधेसमा विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै संघर्ष गर्दै आएको छ । सो आन्दोलनलाई कडा रुपमा मधेस प्रदेशमा गर्ने निर्णय बैठकले गरेको छ ।

आजपा धनुषाका अध्यक्ष रामसागर महासेठको अध्यक्षता एवम वरिष्ठ उपाध्यक्ष तथा मधेस प्रदेश इनचार्ज उपेन्द्र साह, सह इन्चार्ज श्रीचन मुखिया, जिल्ला इन्चार्ज श्रीलाल महासेठ, ममता शर्मा, उपेन्द्र राय, ममता मंडल, सुरेन्द्र साह, राजकुमार सहनि र शलेन्द्र साह लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागी संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार