श्रावण १६, २०८३ शनिबार August 1, 2026

पत्नी हत्या ‘भवितव्य’ मान्न नसकिने सर्वोच्चको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतले सशस्त्रका  पूर्व डीआईजी रञ्जन कोइरालाबाट भएको पत्नी गीता ढकाल हत्याको घटना भवितव्य मान्न नसकिने ठहर गरेको छ।

आइतबार सर्वोच्चका तीन न्यायाधीश सम्मिलित इजलासले प्रधानन्यायाधीश सहितको इजलासबाट भएको फैसला पुनरावलोकन गर्ने निर्णय गर्दै उक्त घटनालाई भवितव्य मान्न नसकिने ठहर गरेको हो ।

‘अदालतमा बयान गर्दा कोइरालाले कसुरलाई इन्कार गरी आफ्नो व्यहोरा लेखाएकाे पाइयाे। प्रस्तुत वारदात हेर्दा प्रतिवादी काेइरालाले घटना घटाउँदा र घटनापश्चात लास लुकाउन गरको क्रियाकलापबाट भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिँदैन’, सर्वोच्चद्धारा जारी आदेशमा भनिएको छ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त ईजलासले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासबाट यसअघि भएको फैसलालाई फेरि परीक्षण गर्ने अनुमति दिएको छ।

पत्नी गीता ढकालको हत्या गरी शव जलाउने अपराध गरेका कोइरालालाई सर्वस्वसहित जन्मकैद भएकोमा प्रधानन्यायाधीश राणासहितको इजलासले सजाय घटाएर साढे ८ वर्षमा झारेको थियो।

सर्वोच्चको फैसलापछि सरकारी वकिलको कार्यालयले फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै पुनरवलोकन दर्ता गराएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै ‘उनलाई भएको सजाय चर्को पर्न गई सजाय घटी हुने निर्णय यसअघि सर्वोच्चबाट प्रतिवाद भएको नजिरविपरीत देखिएको छ’ भनिएको छ।

आदेशमा सर्वोच्चको पूर्ण इजलासले तीन वटा नजिर पनि पेस गरेको छ। शान्ति विकविरुद्ध नेपाल सरकार, नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेत र केदार माझीविरुद्ध नेपाल सरकार भएको मुद्दाको नजिरलाई टेकेर यसअघि भएको फैसला पुनरवलोकन हुने उक्त आदेशमा भनिएको छ ।

सर्वोच्चको फैसलापछि कोइराला साउन ८ गते जेलमुक्त भएका थिए। न्यायाधीशले तजबिजी अधिकारको दुरुपयोग गरेर जघन्य अपराधमा संलग्नलाई सजायमा छुट दिएको भन्दै सार्वजनिक रुपमा अदालत र न्यायाधीशको आलोचना भइरहेको छ भने सडकमा आन्दोलनसमेत चक्रिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार