श्रावण २, २०८२ शुक्रबार July 18, 2025

श्रीलङ्काका सरकारी वेबसाइटमा साइबर आक्रमण

श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलम्बो, पुस १७ गते । श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताउनुभयो ।

श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ ।

श्रीलङ्का कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको उहाँले थप्नुभयो ।

एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो । यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया