काठमाण्डौंः आज (बिहीबार) बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसोका लागि सरेको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेछ ।
उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्नेछ । केन्द्रीय समिति बैठक आइतबार शुरु हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया