असार २७, २०८२ शुक्रबार July 11, 2025

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली पुस २२ गते बुकक्लोज गर्दैछ। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया