असार २०, २०८२ शुक्रबार July 4, 2025

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

नेपाली समाज, संस्कृति र सभ्यता पठनपाठन तथा संस्कृतिबाट अघि बढ्दै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ पुस : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताउनुभएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र ‘चाइना इन्टरनेसनल बुक ट्रेडिङ’द्वारा भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी समापन समारोहमा सभामुख घिमिरेले पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तक प्रदर्शनीमा सहयोग पु¥याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाज पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट टाढा हुँदै गएको छ, पठन संस्कृति ज्ञान आर्जन गर्ने स्वभाव, व्यवहार, प्रयत्न, संस्कार र संस्कृति हो ।”

पठन संस्कृतिबाट प्राप्त ज्ञानले समाज तथा देश बनाउने र मानव जातिलाई अग्रगतिमा लैजान योगदान पु¥याउने उल्लेख गर्दै सभामुख घिमिरेले नेपाली समाज, संस्कृति र सभ्यता पठनपाठन तथा संस्कृतिबाट अघि बढ्दै आएको सुनाउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “राज्यको भूमिका नियन्त्रित छैन, निजी क्षेत्र भूमिअनुसार लगानी गर्दै आफैँ प्रतिस्पर्धामा आउन सक्छ, ज्ञान आर्जन गर्ने मेलामा सुविधा र सहुलियत उपलब्ध गराए सरकार आफैँ बलियो र अर्थतन्त्र सुदृढ हुन्छ ।”

प्रदेशसभा सदस्य रघुनाथ महर्जनले पुस्तक प्रदर्शनीले व्यवसायी, लगानीकर्ता, प्रकाशक र पाठक वर्गका बीचको अन्तरक्रियाबाट भविष्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गरेको बताउनुभयो ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पुस्तक पढेको जस्तो स्वाद र आनन्द मोबाइलबाट नपाइने भएकाले किताब पढ्ने नेपाली संस्कार र संस्कृतिलाई नभुल्न सुझाव दिनुभयो । अर्का हास्यकलाकार हरिवंश आचार्यले पुस्तक मिल्ने शिरानको साथी भएकाले पुस्तक पढ्दा घरपरिवारका कुनै सदस्यबाट विरोध र आलोचना बेहोर्नु नपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “पुस्तक लेखन पनि इज्जतको पेसा हो, नेपालमा पछिल्लो समय पठन संस्कृतिमा शिथिलता आएको छ, हाम्रो पुस्तक पढ्ने पुरानो संस्कार र संस्कृतिलाई पुनर्जागरण गर्न आवश्यक छ ।”

आयोजक संस्था नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष शिवसागर शर्माले शिक्षा चेतनाको संवाहक भएकाले सूचना र ज्ञान प्राप्तिका लागि सहयोग पुगोस् भन्ने हेतुले प्रदर्शनी गर्दै आएको बताउनुभयो ।

महासङ्घका सल्लाहकार रामचन्द्र तिमोती र वरिष्ठ उपाध्यक्ष मात्रिका सिवाकोटीले विश्वका अरू देशमा सरकार आफैँले गर्दै आए पनि नेपालमा भने निजी क्षेत्रबाट भएको पुस्तक प्रदर्शनीमा समेत सरकारले आवश्यक सहयोग नगरेको दुखेसो पोख्नुभयो । उहाँहरुले पुस्तक प्रदर्शनी तथा मेलालाई आफूहरुले चाडपर्वका रुपमा लिने गरेको प्रतिक्रिया दिनुभयो ।

यही पुस १७ गतेदेखि आजसम्म भएको पाँचदिने पुस्तक प्रदर्शनी तथा मेलाको करिब १० हजार जनाले अवलोकन गरेको जानकारी दिइयो । मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तान र थाइल्यान्डका लगानीकर्ता, प्रकाशक र व्यवसायीको समेत सहभागिता थियो । प्रदर्शनीमा ८० भन्दा बढी प्रकाशन गृहका ९८ कक्षको व्यवस्थापन गरिएको थियो । त्यसअघि त्यस अवसरमा हास्यकलाकार मह जोडीलाई सम्मान गरिएको थियो । महासङ्घले यसअघि नौवटा राष्ट्रिय पुस्तक प्रदर्शनी गरिसकेको छ। गत वर्ष असोज ५ देखि ९ गतेसम्म दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार