असार २६, २०८२ बिहिबार July 10, 2025

नेप्से परिसुचक १८ अङ्कले घट्यो : ७ अर्ब ३० करोडको कारोबार

बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।

नेप्से घटे पनि आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । अन्य सबै उपसमूहको सूचक घटेको छ । समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया