असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा थप १३९ जना कोरोना संक्रमित थपिए, ६२६ जना निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौेः नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर १ सय ३९ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएका छन् । संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । यस्तै धनुषा र महोत्तरीमा १०/१० जना, बैतडी, काठमाण्डाै, ललितपुर र कास्कीमा तीन/तीन जना, सल्यानमा दुई जनामा सङ्क्रमण देखिएको छ । यस्तै सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय २६ जना उपचारपछि निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार ७ सय ५४ पुगेको छ । मुलुकभर ४ हजार ९ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार