श्रावण १६, २०८३ शनिबार August 1, 2026

नेपालमा थप १३९ जना कोरोना संक्रमित थपिए, ६२६ जना निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौेः नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर १ सय ३९ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएका छन् । संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । यस्तै धनुषा र महोत्तरीमा १०/१० जना, बैतडी, काठमाण्डाै, ललितपुर र कास्कीमा तीन/तीन जना, सल्यानमा दुई जनामा सङ्क्रमण देखिएको छ । यस्तै सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय २६ जना उपचारपछि निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार ७ सय ५४ पुगेको छ । मुलुकभर ४ हजार ९ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार