श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण

एलोन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हावी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्त्वपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राज्य अमेरिका, माघ ३ गते । अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलो पटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’ बाट स्थानीय समयअनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो ।

यो मिसनलाई ब्लु ओरिजिनले एलोन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हावी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

“लिफ्ट अफ ! न्यू ग्लेनले आफ्नो पहिलो आरोहण ताराहरूतर्फ सुरु गर्दैछ,” ब्लू ओरिजिनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देश जारी गरी उल्लेख गरेको छ ।

“न्यू ग्लेनले अन्तरिक्षको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सीमा ‘कार्मन लाइन’ पार गरेको छ !” फर्मले प्रक्षेपणको केही मिनेटपछि गरेको पोस्टमा उल्लेख छ ।

न्यू ग्लेन इन्जिनबाट छुट्टिएर दोस्रो चरणमा प्रवेश गरिसकेको छ र अहिले न्यू ग्लेनको दोस्रो इन्जिन र पेलोड अब कक्षमा पुगेका छन् ।

प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको सम्मानमा न्यू ग्लेन नाम दिइएको ३२० फिट (९८ मिटर) अग्लो रकेटको प्रारम्भिक परीक्षण सोमबार बिहान गरिने तयारी भए पनि प्रक्षेपणको तयारीको अन्तिम क्षणमा पटक–पटक रोकिएपछि प्रक्षेपण मिसनलाई स्थगित गरिएको थियो ।

अमेजनका संस्थापक बेजोसले विश्वको एक मात्र आफूभन्दा धनी व्यक्ति एलन मस्कसँगको प्रतिस्पर्धालाई न्यू ग्लेन–१ (एनजी–१) को सफलतासँग हेरेको अन्तरिक्षबारे जानकार विश्लेषकहरूले बताउने गरेका छन् ।

मस्कको कम्पनी स्पेसएक्सले आफ्नो उत्कृष्ट फाल्कन ९ रकेटमार्फत कक्षीय प्रक्षेपणले व्यावसायिक क्षेत्र, पेन्टागन र नासाका लागि महत्वपूर्ण प्रभाव जमाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार