असार २५, २०८२ बुधबार July 9, 2025

बामदेवलाई भेटन भै‌ंसेपाटी पुगे प्रधानमन्त्री ओलीः पार्टी फुट्न नदिने विषयमा परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार साँझ भैँसेपाटीस्थित गौतम निवासमा छलफल भएको हो । उनको साथमा पार्टी महासचिव विष्णु पौडेलल पनि सहभागी भएका थिए ।

नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छलफल भएको भैँसेपाटी स्रोतको दावी छ । नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेपछी अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा आईस ब्रेक गर्ने बिषयमा केन्द्रित रहेर छलफल भएको बताईएको छ । प्रधानमन्त्री ओली पत्नि राधिका शाक्य सहित गौतम निवास पुग्नुभएको थियो । उहाँहरू साँझ ९ बजे गौतम निवासबाट बाहिरिनुभयो हो ।

भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेपनि राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गर्नुभएको सचिवालयको दावी छ ।

विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले प्रधानमन्त्रीलाई दिनुभयो । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राख्नुभएको ६ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिनुभएको बुझिएको छ । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।

नेकपामा पछिल्ल्लो समय विवाद बढ्दै गएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको स्थायी समिति बैठक बसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया