कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।

हिजो बिहीबार पनि सुनको भाउ १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँ भएको छ। हिजो तोलामा ५० रुपैयाँले बढेर चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया