असार २९, २०८२ आइतबार July 13, 2025

सुदूरपश्चिममा एमालेलाई झट्का : ५९ जनाले दिए सामूहिक राजीनामा (सुचीसहित)

भीम रावलसँग जोडिएको आरोपमा अन्य केही नेताहरूलाई एमालेले गर्यो कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

उनीहरूले कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गरेका छन्।  उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रावलको निष्कासनलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै आलोचना गरेका छन्। यसैबीच, रावलको पक्षमा उभिएकाहरूले अभियानमा सहभागी हुन आह्वान पनि गरेका छन्।

एमालेले नेता रावललाई पुस १० गते पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि उनी आफ्नो नेतृत्वमा नयाँ दल खोलेर देश दौडाहमा छन्। भीम रावलसँग जोडिएको आरोपमा एमालेले अन्य केही नेताहरूलाई पनि कारबाही गरेको छ।

सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया