असार २९, २०८२ आइतबार July 13, 2025

अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता आज

३२ बर्से उमेर हद कायम भएपछि आजै बिहान ८ देखि बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न मङ्गलबार उम्मेदवारी दर्ताको कार्यतालिका बनाइएको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको मङ्गलबार उम्मेदवारी दर्ता हुने भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी सङ्गठनमा ३२ बर्से उमेर हद कायम भएपछि मङ्गलबार बिहान ८ देखि बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको जानकारी दिनुभयो । उम्मेदवारले परिचय खुल्ने कुनै कार्ड भएमा आआफ्नो प्रदेशबाट उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् ।

उहाँले भन्नुभयो, “आगामी ९ गते उम्मेदवारको दाबी विरोधको छानबिनपछि नामावली प्रकाशन, माघ १० गते उम्मेदवारको नामावली प्रकाशित गर्ने, माघ १२ गते बिहान ९ देखि ४ बजेसम्म नेतृत्व चयन गर्न मतदान हुने छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया