असार २९, २०८२ आइतबार July 13, 2025

राजेन्द्र महतो नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता

आयोगमा दर्ता उक्त दलको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ।

निर्वाचन आयोगले उक्त दललाई आज दल दर्ताको प्रमाण पत्र दिएको हो । निर्वाचन आयोगद्वारा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

आयोगमा दर्ता उक्त दलको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ। दल दर्ता नं. २०१ कायम भएको छ।

स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने अध्यक्ष महतोले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया