असार २६, २०८२ बिहिबार July 10, 2025

आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने

सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा आउँदो माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ।

सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया