काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबारको तुलनामा प्रतिततोला दुई सय रूपैयाँले घटेर छापावाल सुन आज प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको यो मूल्य शुक्रबारको तुलनामा १५ रूपैयाँले कम हो । उक्त दिन चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया