कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सुनको मूल्य लगातार घट्दै

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं। नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ।

यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया