असार २६, २०८२ बिहिबार July 10, 2025

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २२, वित्त एक दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ६८, जलविद्युत् एक दशमलव ४९ र लगानी समूह एक प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन एक दशमलव २३, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव २४ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाईड्रोपावर लिमिटेड, थ्रीस्टार हाईड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ४३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फन्ड–२ को दश लाख तीन हजार तीन सय कित्ता शेयर खरिदबिक्री भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार