श्रावण १, २०८२ बिहिबार July 17, 2025

काँग्रेस अनुशासन समितिको कार्यमाथि बरिष्ट नेता पौडेलको प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाउनुभएको हो ।

नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्कासन गर्दा तनहुँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारबाही नगरेकामा असन्तुष्टिसमेत जनाउनुभएको छ ।

उहाँले तनहुँ क्षेत्र नं १ मा बागी उमेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सांसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारणबिना बागी उम्मेदवारलाई सघाएको भनेर विधानको दफा ३४ बमोजिम पाँच वर्षका लागि पार्टीबाट निष्कासनको कारबाही गर्नाले समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्नुभएको छ ।

शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्वसहमहामन्त्री एवम् पूर्वमन्त्री जोशी र कैलाली निवासी पूर्वराज्यमन्त्री एवम् महासमिति सदस्य ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णयसमेत गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार