असार २३, २०८२ सोमबार July 7, 2025

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। यस हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद सेयरको लागि यसले माघ १८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ १५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। एनएलजी इन्स्योरेन्सले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार