असार २३, २०८२ सोमबार July 7, 2025

लुम्बिनी प्रदेश सभाको आठौं बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौं । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत आठौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार बैठकमा महत्वपूर्ण विषयहरू छलफलमा आउनेछन्।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विपक्षी दलका तर्फबाट उहाँले प्रदेश सरकारको कार्यशैली, समसामयिक राजनीतिक विषयहरू र जनसरोकारका मुद्दामा आफ्ना विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यसैगरी, बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार, मुख्यमन्त्री आचार्यले आर्थिक वर्ष २०७९/८० का लागि शासकीय सुधार र सुशासनका क्षेत्रमा प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरू र सामना गरेका चुनौतीहरूको बारेमा प्रतिवेदन पेश गर्नुहुनेछ।

यस बैठकलाई सत्तापक्ष र प्रतिपक्ष दुवैले महत्त्वपूर्ण रूपमा लिएका छन्। प्रदेशसभाका सदस्यहरूबीच नीति निर्माण, शासकीय सुधार, र सुशासनसम्बन्धी गम्भीर छलफल हुने अनुमान गरिएको छ। प्रदेशबासीहरूले बैठकबाट सकारात्मक निर्णयको अपेक्षा गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया