असार २८, २०८२ शनिबार July 12, 2025

जसपाका केन्द्रीय सदस्य सुनुवारसहित एक सय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

सबै जना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न सभापति देउवाको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ०१ फाल्गुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति देउवाले खादा लगाउँदै उनीहरूलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गर्नुभएको छ । कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेर अवसरको बाँडफाँट गरिने छ । तपाईंहरू सबै जना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ ।’’

रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन समन्वय गर्नुभएको छ । नवप्रवेशीहरूलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकाले सङ्गठनलाई बलियो बनाउन लाग्न आग्रह गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार