असार २८, २०८२ शनिबार July 12, 2025

स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन : महन्थ ठाकुर

बालेन शाहले आफ्नो व्यवहार नसुधारे लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जलेश्वर (महोत्तरी), ३० माघ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताउनुभएको छ ।

सदरमुकाम जलेश्वरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौँ महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले अदालतको आदेशको विरुद्ध काठमाडौँका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउनेलगायत कार्य गरेर आतङ्क मचाएको आरोप लगाउनुभयो ।

उहाँले काठमाडौँ महानगर र प्रमुख बालेन शाहद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष ठाकुरले काठमाडौँ महानगर र प्रमुख शाहले आफ्नो व्यवहार नसुधारेमा लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार