असार २८, २०८२ शनिबार July 12, 2025

जनयुद्ध मेटाउन प्रयास गर्ने खरानी हुन्छन् – प्रचण्ड

जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको प्रचण्डको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ३०औं ‘जनयुद्ध दिवस’का अवसरमा उनले यस्तो चेतावनी दिएका हुन्।

हजारौं सहिददको बलिदान, रगत, हजारौं बेपत्ता योद्धाको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौंसयौं वर्षसम्म रहने उनको भनाइ छ। ‘कसैले मेटाएर यो इतिहास मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने।

यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले बताए। ‘जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको प्रचण्डको आरोप छ।

‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो। यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ। जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन्,’ उनले भने।

प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको समेत प्रचण्डले औंल्याएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार