असार २८, २०८२ शनिबार July 12, 2025

ट्रान्सपरेन्सी रिपोर्ट प्रचण्ड नेतृत्व सरकारको हो : शंकर पोखरेल

विगत सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्षका आधारमा वर्तमान सरकार गठन भएको स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, फागुन १ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ट्रान्सपरेन्सी रिपोर्ट अहिलेको नभइ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालाको भएको बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि उहाँले सामाजिक संजालमार्फत बिहीवार राति यस्तो धारणा राख्नुभएको हो ।

भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सन् २०२४ को हो, महासचिव पोखरेलले भन्नुभयो, जुन वर्षको आधिभन्दा वढी समय माओवादी नेतृत्वको सरकार नै थियो । त्यसमाथि यसै वर्ष सुशासनको सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्टमध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको छ ।

ुविश्ववैंक लगायत तीन वटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिन्छ, उहाले भन्नुभएको छ, त्यस अर्थमा नेपालको सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ ।

विगत सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्षका आधारमा वर्तमान सरकार गठन भएको महासचिव पोख्रेलले स्पष्ट पार्नुभयो । त्यस आधारमा दुई दलबिचमा भएको ७ वुँदे सहमतिमा नै उक्त कुरा उल्लेख भएको उहाँले बताउनुभयो ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड़ दिने काम भएसँगै आर्थिक सुधारमा जोड दिइएको उहाँको दाबी छ । यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ने महासचिव पोख्रेलको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार